कर्णालीका मुख्यमन्त्री शाहीले कार्तिक ५ गते राजीनामा दिने
reportersnepal.com · Tue Oct 12 17:04:45 GMT 2021
काठमाडौं, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँगको भद्र सहमतिअनुसार उनले पदबाट राजीनामा दिने भएका हुन् । शाहीले राजीनामा दिएपछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।
यसअघि मुख्यमन्त्री शाहीको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर जोगाएको थियो । त्यतिबेला नै कांग्रेस र माओवादी केन्द्रबीच सरकारमा आलोपालो गर्ने सहमति बनेको थियो । २०७८ बैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूह (तत्कालिन एमाले) बीच ११ बुँदे सहमति भएको बताईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)