सुरक्षाका लागि डुम्रे-बेलभञ्ज्याङ खण्डमा सिसी क्यामेरा जडान
ratopati.com · Thu Sep 17 16:24:43 GMT 2026

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ ले वडा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन डुम्रे बजारबाट बेलभञ्ज्याङसम्म सिसी क्यामेरा जडान गरेको छ । वडाले करिब रु ११ लाखको लागतमा मुख्य बजार तथा सडक क्षेत्रमा सिसी क्यामेरा जडान गरेको हो ।
चोरीजन्य घटना न्यूनीकरण, सवारी दुर्घटना नियन्त्रण तथा सवारी चालकको लापरबाहीलाई निगरानी गर्ने उद्देश्यले वडा क्षेत्रका महत्वपूर्ण स्थानमा सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बजार तथा सडक क्षेत्रमा सिसी क्यामेरा जडान भएपछि यहाँ हुने गतिविधिको निगरानी गर्न सहज हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)