मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिभिल सहकारी ठगी प्रकरण : ४ अर्बभन्दा बढी पुग्यो बिगो रकम

arthasansar.com

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमार्फत इच्छाराज तामाङसहितको टोलीले गरेको ठगी रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । असोज मसान्त अर्थात् आइतवारसम्म सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङसहितको टोलीले निक्षेपकर्ताको रू. ४ अर्ब ७ करोड १ लाख १ हजार ४४४ रुपैयाँ ठगी गरेको आरोप लागेको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा शुक्रवारसम्म ९९१ जना पीडितले जाहेरी दिएका छन् । उक्त जाहेरीको आधारमा बिगो रकम ४ अर्बभन्दा माथि पुगेको सीआईबी प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । सम्भवतः यो सहकारी क्षेत्रमा भएको सबैभन्दा ठूलो गठी प्रकरण हुन सक्ने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)