क्यानडा–इयू सहकार्य सुदृढ गर्न प्रधानमन्त्री कार्नीको प्रस्ताव
ratopati.com · Thu Sep 17 16:35:27 GMT 2026

क्यानडा । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बाह्य दबाबको सामना गर्दै युरोपेली सङ्घ (इयू) सँग ‘नयाँ गठबन्धन’ निर्माणको प्रस्ताव अघि सारेका छन् । उनले बिहीबार युरोपेली संसद्मा सम्बोधन गर्दै क्यानडा र युरोपबीच रक्षा, ऊर्जा तथा प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका हुन् ।
इयूकी प्रमुख उर्सुला भोन डेर लेयनले बुधबार आफ्नो वार्षिक ‘स्टेट अफ द युरोपियन युनियन’ सम्बोधनमा क्यानडा २७ सदस्यीय इयूको पहिलो ‘एसोसियट सदस्य’ बन्न सक्ने प्रस्ताव गरेपछि कार्नीको सम्बोधन आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)