मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यराति कालीकोटमा भूकम्पको धक्का

ratopati.com · Fri Dec 27 19:26:00 GMT 2024

काठमाडौं । पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णाली प्रदेशको कालीकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ । कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३.७ म्याग्नेच्युडको भूकम्प भएको खानी तथा भूगर्व विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प स्थानीय समयनुसार शुक्रबार राती ११ बजेर ३१ मिनेटको आसपासमा गएको बताइएको छ । यसअघि, बिहीबार अर्थात् पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)