प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा थपियो पाँचतारे होटल
ratopati.com · Fri Dec 27 19:44:00 GMT 2024

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा एक अर्ब ३० करोड लगानी भएको बताए ।
सन् २०२५ को जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उनले बताएका छन् । काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ । मेचीनगर-८ मा अर्को पाँचतारे ‘होटल मेची क्राउन’ बिगतदेखि सञ्चालनमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)