मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पढ्नलाई छेकेन उमेरले, ४४ वर्षीय परियार भानुभक्तमा ब्याचलर भर्ना

ratopati.com · Fri Dec 27 20:05:00 GMT 2024

दमौली । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गरेका छन्, तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी ४४ वर्षीय विश्व बुढा परियारले । विद्यालय छाडेको २५ वर्षपछि पुनः विद्यालय भर्ना भएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका बुढा हालै मात्र कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा भर्ना भएका छन् ।

गएको साउनमा कक्षा १२ मा २.९ जिपिए प्राप्त गरी उत्तीर्ण भएका बुढा मङ्सिरमा व्यास नगरपालिका- १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना भएका हुन् । शिक्षा सङ्कायतर्फ अध्ययनरत उनले अरु विषयमा समस्या नभएपनि अङ्ग्रेजीमा केही समस्या बेहोर्नुपरेको बताए । उनले भने, ‘राम्रोसँग अध्ययन गरेर अङ्ग्रेजीमा पनि केही सुधार हुनेमा आशावादी छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)