भीभोको ‘भी २१ई’स्मार्टफोनको मूल्य घट्यो
abhiyandaily.com
काठमाडौं (अस) । प्रसिद्ध स्मार्टफोन ब्रान्ड भीभोले सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक ‘भी२१ई’ को मूल्य घटाएको छ । ‘भी२१ई’ को मूल्य २ हजार रुपैयाँले घटाउँदै ३७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसअघि उक्त मूल्य ४१ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । घटाइएको उक्त ब्राण्डको मूल्य सबै नेपालका रिटेल स्टोर र ई–कमर्शमा लागू हुने कम्पनीको भनाइ छ ।
भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भीभोका स्मार्टफोनमार्फत ग्राहकको दिनचर्या सहज बनाउनु कम्पनीको उद्देश्य रहेको बताए । ‘ग्राहकको जीवनलाई समृद्ध बनाउन सधैं प्रतिबद्ध भएकै कारण मूल्य समेत घटाइएको हो,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)