मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेतृत्वले विकासको सपना देख्न सक्नुपर्छ : अध्यक्ष ओली

gorkhapatraonline.com · Thu Feb 05 17:16:02 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि नेतृत्वले सपना देख्नुका साथै त्यसलाई साकार पार्ने स्पष्ट तयारी र दृढ कार्यान्वयन गर्ने प्रतिवद्धताको खाँचो रहेको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकाल स्मरण गर्दै नाकाबन्दीका कारण देशभर खाना पकाउने ग्यासलगायत दैनिक प्रयोगका इन्धन अभाव भएको कठिन समयको उल्लेख गर्नुभयो । ‘त्यसबेला नेपाली जनताको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले हामी आफैँ ग्यास उत्खनन गर्छौँ पाइपमार्फत भान्सासम्म ग्यास पुर्‍याउँछौ भन्ने सपना अघि सारेका थियौँ’ अध्यक्ष ओलीले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)