झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
barnanmedia.com · Fri Dec 27 22:27:55 GMT 2024

झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा रु एक अर्ब ३० करोड लगानी भएको बताउनुभयो । यही सन् २०२५ को जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।
काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ । मेचीनगर–८ मा अर्को पाँचतारे ‘होटल मेची क्राउन’ बिगतदेखि सञ्चालनमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)