चलचित्र भवनमा नेपाली चलचित्र
barnanmedia.com · Fri Dec 27 22:35:30 GMT 2024

काठमाडौँ, १३ पुस : पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन् । विदेशी ठूला बजेटका चलचित्र, चिसो मौसमले गर्दा पुसलाई नेपाली निर्माताले प्राथमिकतामा राख्ने गर्दैनन् । यद्यपि केही नेपाली चलचित्र अहिले चलचित्र भवनमा प्रदर्शनरत छन् ।
गत पुस ५ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बम बहादुर’ प्रदर्शनरत छ । भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिनुभयो । उहाँका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोहअवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)