त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आज
deshsanchar.com · Fri Dec 27 23:15:37 GMT 2024
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)