मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को हुन् रवि लामिछानेको बयान लिने कान्छा न्यायाधीश राई ?

ratopati.com · Fri Dec 27 23:56:00 GMT 2024

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले न्यायाधीशसमक्ष पनि प्रहरी र सरकारी वकिलकहाँ दिए सरहकै बयान दिएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहित तीन अभियोग पेखिरहेका रास्वपाका सभापति लामिछानेले कास्की जिल्ला अदालतमा न्यायाधीशसमक्ष दिएको इन्कारी बयानमा समेत उनै कुराहरु दोहोरिएको बताइएको छ । इन्कारी बयानका क्रममा उनले सहकारीको खाताबाट कुनै रकम नआएको र रकम नमासेको जिकिर गरेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेले बिहीबार र शुक्रबार गरेर २६ भन्दाबढी प्रश्नको सामना गरे । बयानका क्रममा उनले गोर्खा मिडियाको आर्थिक हिसाबकिताबको सबै जिम्मेवार जीवी राई रहेको भन्दै अधिकांश असजिला प्रस्नहरु जीबीतिरै पन्छाएका बुझिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)