हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री
ratopati.com · Thu Sep 17 17:20:52 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको सभ्यतामाथि नै खतरा रहेको तथ्य संयुक्त राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।
बिहीबार साँझ परराष्ट्र मन्त्रालयमा पत्रकारहरूसँग अनौपचारिक अन्तक्र्रियाका क्रममा उनले भने, “जलवायु परिवर्तनबाट नेपाल र हामीजस्ता हिमाली देशहरू जोखिममा छन् । भोटेकोशीमा आएको हिमाली सुनामीबाट यो प्रमाणित भएको छ । यो तथ्यलाई हामी राष्ट्रसङ्घको आगामी महासभामा उठाउँछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)