मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फर्निचरजन्य उत्पादन बढाउन नीतिगत सुधार गरिने

gorkhapatraonline.com · Thu Sep 28 06:39:47 GMT 2023

काठमाडौँ, असोज ११ गते । राजधानीको भृकृटीमण्डपमा फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी फर्नेक्स २०२३ सुरु भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी सुरु भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बुधबार आयोजित कार्यक्रममा मेलाको उद्घाटन गर्दै मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताउनुभयो । आन्तरिक उत्पादन बढाउने, निर्यात प्रवर्धन र आयात कम गर्ने सरकारको लक्ष्य रहेको बताउँदै मन्त्री रिजालले आयात मुलुकका लागि सुखद विषय नभएकाले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहलकदमी गर्ने धारणा राख्नुभयो । स्वदेशमै खेर गइरहेका काठको प्रयोग गर्नका लागि नीतिगत र कानुनी तवरबाट सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)