लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस मनाइने
gorkhapatraonline.com · Thu Sep 17 17:43:47 GMT 2026

। लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजावट तथा दीप प्रज्ज्वलन लगायतको कार्यक्रम गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ। बैठकले असोज २ गते प्रदेशस्थित सबै सरकारी निकायले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश राजधानी परिसरको सरसफाइको समन्वय आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)