बीपी राजमार्गमा सवारी सञ्चालन हुने समयमा हेरफेर
canadanepal.com · Sat Jun 06 09:44:52 GMT 2026

बनेपा- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समयमा हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी बीपी राजमार्गमा हुँदै आएको सवारी आवागमनको समय बढाएको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुक्रबारदेखि लागू हुने गरी राजमार्गमा सवारी सञ्चालन हुने समय बढाइएको बताए। उनका अनुसार जिल्ला सुरक्षा समिति सिन्धुलीसँग समन्वय गरेर अर्को सूचना जारी नभएसम्मका लागि भकुन्डेदेखि खुर्कोट सडक खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)