मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी गर्दै सामाजिक सुरक्षा कोष

shilapatra.com · Sat Jun 06 09:38:00 GMT 2026

जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।

कोषमा यही २० जेठसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ । सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)