महाकाली अस्पतालमा भरिए आइसोलेसन
annapurnapost.com · Sat Apr 17 06:17:00 GMT 2021
महेन्द्रनगर : महाकाली अस्पतालमा कोरोना संक्रमित राख्न बेड अभाव भएको छ। अस्पतालमा रहेको ५० शय्याको आइसोलेसनमा ५३ जना बिरामी राखिएको छ। भारतबाट नेपाल आउनेमा गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा दैनिक १० देखि १५ जना संक्रमित अस्पताल पुग्ने गरेको कोरोना फोकल पर्सन डा. गोविन्द रोकायाले बताए। डा. रोकायाका अनुसार संक्रमित थपिँदै गएकाले अस्पतालमा आइसोलेसन बेड अभाव भएको हो।
‘हाम्रो क्षमता ५० बेडको मात्रै हो सबै प्याक भइसकेको छ’, डा. रोकायाले भने, ‘दैनिक संक्रमित थपिने क्रम बढेको छ।’ उनले गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि धनगढीको सेती अस्पताल पठाउने गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)