इलामको माई खोलामा जल सतह सतर्कता पार, ओखलढुङ्गामा आकस्मिक बाढी र पहिरोको जोखिम
ratopati.com · Sat Jul 19 18:04:00 GMT 2025

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार इलाम जिल्लास्थित माई खोला (चिसापानी जल मापन केन्द्र) मा शनिबार राति ११: १५ बजे जल सतह सतर्कता तह पार गरेको छ। अहिले पनि जलस्तर बढ्दो क्रममा रहेकाले नदी किनार आसपास तथा डुबान सम्भावित होचा भू-भागमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यससँगै, ओखलढुङ्गा जिल्लास्थित वर्षा मापन केन्द्रमा राति ११:०५ बजे पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन गरिएको छ। विभागले आगामी घण्टाहरूमा थप वर्षा हुने पूर्वानुमान गर्दै, साना खोला-नाला आसपास आकस्मिक बहाव (फ्ल्यास फ्लड) को सम्भावना र कमजोर भिरालो भूभागमा पहिरोको जोखिम उच्च रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)