बाढी प्रभावित क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनको सहयोग
gorkhapatraonline.com · Thu Sep 17 18:02:33 GMT 2026

। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनले तेस्रो पटक राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ।
एशोसिएसनको ९ सदस्यीय टोलीले २०८३ भाद्र २९ देखि ३१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर मानवीय सहायता तथा पशुपन्छीका लागि औषधी, फिड सप्लिमेन्ट र आवश्यक उपकरण हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)