मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान

abhiyandaily.com

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । मङ्गला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुँदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर पूर्वाधार निर्माण थालेको हो ।

स्थानीय बासिन्दाले लेकबँेसी गर्न प्रयोग गर्ने बाटोलाई पर्यटकीय पदमार्गका रुपमा विकास गर्न पूर्वाधार बनाउन थालिएको सिमलचौर–टोड्के पदमार्ग निर्माण समितिका सचिव अशोक पौडेलले बताए । ‘चालू आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले विनियोजन गरेको रू. तीन लाख बजेटले सिमलचौरबाट पदमार्ग निर्माण थालिएको छ,’ उनले भने, ‘सडक बनेपछि विस्थापित भएको पुरानो बाटोलाई पर्यटकीय पदमार्ग बनाउन थालेका हौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)