प्रचण्ड गाेरखा–२ बाट उम्मेदवार बन्ने
Ujyaaloonline.com · Sat Oct 08 01:02:25 GMT 2022
काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव निर्वाचन लड्ने हुनुभएको छ । माओवादीको हिजो शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।
गोरखा क्षेत्र नं २ को प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो । विसं २०६४ मा माओवादी नेता डा. बाबुराम भट्टराई विजयी हुनुभएको थियो । यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे त्यही क्षेत्रबाट विजयी हुनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)