एउटै त्रिपालमुनि ११ परिवारको बास!
annapurnapost.com · Sat Nov 11 16:16:52 GMT 2023
जाजरकोट : एउटा त्रिपालमुनि कति परिवार बस्न मिल्छ होला? एक, दुई बढीमा तीन परिवार। होइन जाजरकोटका भूकम्पपीडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनि ११ परिवार बस्ने गरेका छन्।
जिल्ला सदरमुकाम खलंगास्थित कस्तुरी बोडिङ्ग स्कुलमा एउटै त्रिपालमुनि ११ परिवार सँगै सुत्ने गरेका छन्। भूकम्पले घर चिराचिरा पारेपछि त्रासले भेरी नगरपालिका ४ का ११ परिवार एउटै त्रिपालमुनि सुत्न बाध्य भएका हुन्। भेरी नगरपालिका-४ का शिला पुन घर्ती, लक्ष्मी गिरी, धनसरा राना, कल्पना राना, सरस्वती पुन, कल्पना खत्री, शिला पुन, अनिता खड्का, सन्देश घर्ती, राजेश खत्री र महेश सिंहको परिवार एउटै त्रिपालमुनि सुत्ने गरेको उनीहरूले बताएका छन्। एउटै परिवारका दुईदेखि ५ जनासम्मको परिवार छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)