मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक वनको संरक्षणका लागि तीनै तहका सरकारको भूमिका र सहभागिता सुनिश्चित गरिनुपर्छः वनमन्त्री ठकुरी

barnanmedia.com · Fri Aug 09 14:45:07 UTC 2024

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेका वनहरूको थप प्रभावकारी संरक्षण, विकास र सदुपयोग गर्न तीनै तहका सरकारको भूमिका र सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

वन तथा भू संरक्षण विभागले सामुदायिक वन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले विगतका उपलब्धि, अनुभव र सहभागिताका आधारमा संरक्षणका क्षेत्रमा सहकार्यलाई थप बलियो बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो,“विगत चार दशकभन्दा लामो समयको उपलब्धि, अनुभव र सहभागितामूलक व्यवस्थापनबाट दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम गर्न तीनै तहका सरकारको भूमिका छ । त्यसैले सरकार, समुदाय, गैरसरकारी, निजी क्षेत्र र विकास साझेदारलगायत सरकार भएकाहरूबीच आगामी दिनमा समेत निरन्तर सहयोग र थप सहकार्य बढाउँदै जाने अपेक्षा गरेको छु ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)