बागलुङका ब्रेन क्यान्सरबाट पीडित राजु केसीको उपचारका लागि रु ५३ लाख ३१ हजार सहयोग सङ्कलन
barnanmedia.com · Fri Aug 09 14:40:49 UTC 2024

ब्रेन क्यान्सरबाट पीडित बागलुङ बजारका राजु केसीको उपचारका लागि रु ५३ लाख ३१ हजार सहयोग सङ्कलन भएको छ ।
सङ्कलित रकम शुक्रबार पत्रकार सम्मेलनमार्फत राजु केसीका बुबा रामबहादुर केसीलाई हस्तान्तरण गरिएको छ ।केसीको उपचारमा नेपालबाट रु ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेपछि रु ५३ लाख सहयोग सङ्कलन गर्न सफल भएको र विदेशमा समेत उठेको सहयोगले झन्डै रु एक करोड उपचारका लागि जुटेको राजु केसी सहयोग मूल समितिका संयोजक जगदीश चन्द्र उपाध्ययाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)