पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
barnanmedia.com · Fri Jul 17 04:58:21 GMT 2026

उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनापछि उद्धार टोलीले कठिन परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएका छन् ।
काजामार्का क्षेत्रअन्तर्गत राजधानी लिमाबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सान जुआन नगरपालिकाका संस्थागत सञ्चार प्रमुख रिकार्डो चिलोनका अनुसार दुर्घटनामा चालक र एक बालकसहित १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)