मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पश्चिम रुकुम मुसिकोटमा बस दुर्घटना हुँदा ४० जना घाइते 

baahrakhari.com · Tue Dec 07 01:10:00 GMT 2021

दाङ । पश्चिम रुकुम मुसिकोट नगरपालिका वडा नम्बर २ रातामाटामा सोमबार साँझ भएको बस दुर्घटनामा ४० जना घाइते भएका छन् । घइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । चार जनालाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले बताएको छ ।

गम्भिर घाइते हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोही वडाका सुशिल थापा, मानबहादुर ओली, सुरेन्द्र भण्डारी, नवराज खड्का, बिमला खत्री र प्रेम केसी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही वडाका टेकबहादुर बस्नेत, चोपबहादुर बस्नेत र बुधुराम खड्का पनि गम्भिर घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)