मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भ्यान दुर्घटना हुँदा १४ जनाको मृत्यु

hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026

लिमा । उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनापछि उद्धार टोलीले कठिन परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएका छन् ।

काजामार्का क्षेत्रअन्तर्गत राजधानी लिमाबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सान जुआन नगरपालिकाका संस्थागत सञ्चार प्रमुख रिकार्डो चिलोनका अनुसार दुर्घटनामा चालक र एक बालकसहित १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)