मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनिष सिसोदिया १७ महिनापछि जेलबाट मुक्त, सर्वोच्च अदालतबाट पाए जमानत

barnanmedia.com · Fri Aug 09 21:30:12 UTC 2024

आम आदमी पार्टीका नेता मनिष सिसोदिया १७ महिनापछि जेलबाट मुक्त भएका छन् । समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ। एएनआईले पनि यो खबरको पुष्टि गरेको छ ।

जेलबाट बाहिर आएपछि मनिष सिसोदियालाई उनका समर्थकले घेरेको देखियो । उनीसँगै आम आदमी पार्टीका नेता सञ्जय सिंह र आतिशी पनि देखिएका थिए ।दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियाले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । बीबीसी संवाददाता उमंग पोद्दारका अनुसार सर्वोच्च अदालतले सिसोदियालाई आफ्नो राहदानी बुझाउन भनेको छ । साथै १० लाख रुपैयाँको ऋणपत्र बुझाउन पनि भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)