भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
ratopati.com · Sat Jun 06 09:52:40 GMT 2026

काठमाडौँ । क्यान्सर उपचारका क्रममा किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधि चार हजार भाइल नेपाल भित्रिँदैछ । औषधि व्यवस्था विभागको समन्वयमा औषधि आयातकर्ताहरूले भारतबाट चार हजार भाइल ‘कार्वोप्लाटिन’ औषधि ल्याउन लागेका हुन् ।
आज शनिबार बेलुकीसम्म एक सय ५० एमजीको पाँच सय भाइल ‘कार्बोप्लाटिन’ आइपुग्नेछ । यस्तै, मङ्गलबारसम्म चार सय ५० एमजीको एक हजार चार सय भाइल र एक सय ५० एमजीको दुई हजार एक सय भाइल आइपुग्ने औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)