भारतको सिनियर टिममा वैभव सूर्यवंशीको एन्ट्री
nepalviews.com · Sat Jun 06 09:50:56 GMT 2026

काठमाडौं । भारतका विष्फोटक युवा क्रिकेटर वैभव सूर्यवंशी आगामी आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमण हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलातथा एसियन गेम्सका क्रममा का लागि भारतीय टिममा समावेश भएका छन्। यदि वैभवले खेल्ने अवसर पाए भने, भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने सचिन तेन्दुलकरको कीर्तिमान तोड्नेछन्।
भारतीय क्रिकेट बोर्ड बीसीसीआई का सचिव देवजित सैकियाले पत्रकार सम्मेलनमार्फत भारतको नयाँ टी–२० कप्तानका रूपमा श्रेयस अय्यरको घोषणा गर्दै सूर्यवंशीलाई आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणका लागि टिममा राखिएको जानकारी दिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
टी-२० विश्वकप
काठमाडौँ