नयाँ वर्ष २०२५ मा ‘कन्दरा’ ब्याण्डले ‘हुनेछस् द सङ्ग अफ होप’ ल्याउँदै
deshsanchar.com · Sat Dec 28 16:52:13 GMT 2024

काठमाडाैँ – कार्तिक २४ गते राति काठमाडौंको ठमेलस्थित एक क्लबमा ‘कन्दरा’ ब्याण्डले साङ्गीतिक इतिहास लेख्यो। पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले यो अवसरमा मेलोडी र मिठासको केवल एउटा युग पोखेको थिएन, काठमाडौंमा पहिलो पटक आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत अभूतपूर्व क्षण सिर्जना गरेको थियो।
कन्दराले नयाँ वर्ष सन् २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत ‘हुनेछस् द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन्। यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ। देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)