मिटर ब्याजपीडित र सरकारबीच सम्झोतापत्रमा हस्ताक्षर हुँदै
annapurnapost.com · Fri Jul 17 05:40:06 GMT 2026

काठमाडौं : आन्दोलनरत मिटर ब्याजपीडित पक्ष र सरकारी वार्ता टोलीबीच शुक्रबार नै सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ । सिमरामा गृहमन्त्री र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो । यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटर ब्याजीपीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता भइरहेको छ ।
यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो । हिजोको सोही छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ । सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)