नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक
gorkhapatraonline.com · Tue Jun 02 00:33:27 GMT 2026

सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिकी सरकार उत्सुक रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएको साराले सोमबार पत्रकारसँगको अन्तर्क्रियामा भन्नुभयो, “नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौँ । त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणका विषयमा विगत दुई दिनदेखि छलफलमा केन्द्रित रह्यौँ ।”
विभिन्न पक्षसँगको छलफल निकै फलदायी रहेको औँल्याउँदै उहाँले नेपालमा प्रविधि प्रवर्धन गर्ने सम्बन्धमा निकै राम्रो सम्भावना रहेको उल्लेख गर्नुभयो । अमेरिकी सरकारको अनुदानमा आधारित एमसिसी परियोजना कार्यान्वयन सन्तोषजनक रहेको बताउँदै उहाँले नेपाल सरकारको तदारुकता सराहनीय रहेको धारणा व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)