मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्टर मिलानको जित यात्रा कायमै

ratopati.com · Sat Dec 28 21:03:00 GMT 2024

काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले जित यात्रा कायम राखेको छ । शनिबार राती भएको खेलमा इन्टरले कालियरीविरुद्ध ३-० को जित निकाल्यो । इन्टरलाई जिताउन एलेसान्द्रो बस्तोनी, लुटारो मार्टिनेज र हकान काल्हानुग्लुले एक-एक गोल गरे ।

जितसँगै इन्टरले शीर्षता कायम गरेको छ । तर, एटलान्टा आफ्नो खेलमा विजयी भए फेरि शीर्ष स्थानमा फर्किने छ । इन्टरको १७ खेलबाट ४० अंक भएको छ भने समान अंक भएको एटलान्टा गोल अन्तरले पछि परेको छ । तेस्रो स्थानमा रहेको नापोलीको ३८ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)