खपत बढ्यो कि चुँडिन्छ तार
gorkhapatraonline.com · Tue Jun 02 00:54:02 GMT 2026

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले सोमबार बिहान एउटा सूचना जारी ग¥यो, “दुहबी ग्रिडदेखि टङ्की सबस्टेसनसम्म आएको ३३ केभी प्रसारण लाइन फल्ट भएकाले टङ्की सबस्टेसनबाट सञ्चालित सम्पूर्ण लाइन बन्द रहेका छन् ।”
प्राधिकरण वितरण केन्द्रले ५:५९ बजे यो सूचना जारी गरेसँगै अधिक गर्मी हुने विराटनगरवासीले बारम्बार फोन गरेर मर्मत कति समय लाग्छ भनेर सोधे । प्राधिकरणसँग यति नै समय लाग्छ यकिन जवाफ थिएन । वितरण केन्द्रका प्रमुख रामउद्धार साहका अनुसार बिहानैदेखि गर्मी भएका कारण एकै पटक सहरका नागरिकको दबाब झेल्नु परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)