मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’

barnanmedia.com · Sat Dec 28 22:39:59 GMT 2024

काठमाडौँ, १४ पुस : फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । “भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन । पानीको जोहोमै बित्छ बिहान”, उहाँले भन्नुभयो, “जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो । बिहान अरु काम गर्न भ्याइँदैन । सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ ।”

सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ । यहाँको मुख्य समस्या खानेपानी नै हो । गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ । नजिकै कुवा, खोला र खोल्सा छैन । केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी चलाइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)