मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिसोले फोहरमैला व्यवस्थापन गर्न कठिन

barnanmedia.com · Sat Dec 28 22:46:48 GMT 2024

काठमाडौँ, १४ पुस : हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ ।

सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै आएको फोहरमैला उठाउन नसक्ने जनाएको छ । अध्यधिक चिसो र हिमपात हुँदा जाडो छल्न जिल्लामा स्थानीय नबस्ने हुँदा फोहर सङ्कलन नगरिने सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार चिसोका कारण यहाँका स्थानीय जाडो छल्न बेँसी झर्ने क्रम बढेसँगै फोहोरमैला कम निस्कने भएकाले सङ्कलन रोकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)