अर्जेन्टिनामाथि फिफाको अनुसन्धान सुरू
setopati.com · Fri Jul 17 06:10:00 GMT 2026
विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोलले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले ब्यानर प्रदर्शन गरेको विषयमा फिफाले अनुसन्धान सुरू गरेको छ। खेलपछि खेलाडीहरूले 'लास माल्भिनास सोन अर्जेन्टिनास' (फकल्याण्ड टापु अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएका थिए।
अमेरिकाको एटलान्टामा भएको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको थियो। जितपछि खेलाडीहरूले दक्षिण एटलान्टिक महासागरमा रहेको 'फकल्याण्ड टापु' माथि आफ्नो देशको दाबी गर्दै ब्यानर प्रदर्शन गरे। यस टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)