मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हावामा हराइरहेका हवाई सुरक्षाका प्रश्नहरू

ekantipur.com · Thu Jul 13 01:20:09 GMT 2023

काठमाडौँ — नेपालले फेरि अर्को हवाई दुर्घटनाको दुःख सहनुपरेको छ । पर्वतीय उडान सकेर फर्किंदै गरेका ५ मेक्सिकन नागरिक सवार मनाङ एयरको हेलिकोप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके–५ लामजुरानजिक दुर्घटना हुँदा चालकसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

योसहित ४४ वर्षयता नेपालमा दर्ता भएका ३८ हेलिकोप्टर दुर्घटना भएका छन् । यात्रुवाहक हवाईजहाज दुर्घटनाको अवस्था पनि उत्तिकै भयावह छ । १३ महिनायता मात्रै दुई ठूला आपत् आइलागेका छन् । गत माघ १ मा मात्रै यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदा नेपालको इतिहासमै धेरै अर्थात् ७२ जनाको ज्यान गएको थियो । त्यसको सात महिनाअघि २०७९ जेठ १५ मा तारा एयरको विमान जोमसोममा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)