वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेड्ने
ratopati.com · Thu Sep 17 19:43:40 GMT 2026

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएको छन् । पाँचौँ पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् ।
यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए । विगतमा जात्रा नियमित हुन सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)