जुम्लामा भालुले मार्यो ८ भेडा
himalpress.com · Tue Jun 02 01:06:03 GMT 2026

जुम्ला- जुम्लामा भालुको आक्रमणबाट आठ भेडा मरेका छन्। गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए।
स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो । रातिको समयमा गोठमा रोखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीको जानकारी आएको सूचना अधिकारी खनालको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)