उच्च र जिल्ला अदालतका २०७ न्यायाधीशको सरुवा
annapurnapost.com · Fri Jul 17 06:24:45 GMT 2026

काठमाडौं : न्याय परिषद्ले उच्च र जिल्ला अदालतका गरी २ सय ७ जना न्यायाधीशको सरुवा गरेको छ। परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १ सय ५७ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।
बैठकले विशेष अदालत काठमाडौं, राजस्व न्यायाधिकरण र श्रम अदालतमा पदाधिकारी तोक्नका लागि समेत नेपाल सरकारलाई परामर्श तथा सिफारिस गर्ने निर्णय गरेको परिषद्का सचिव कुबेर पाण्डेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)