अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला एक खेल अगाडि नै पाकिस्तानलाई
Ujyaaloonline.com · Fri Aug 25 00:54:06 GMT 2023
काठमाण्डाै - अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । श्रीलङ्काको हम्मनटोटामा गएराति भएको दोस्रो खेलमा पाकिस्तान एक विकेटले विजयी भयो । जितका लागि ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो ।
पाकिस्तानका इमाम उल हकले सर्वाधिक ९१ रन बनाए । पाकिस्तानलाई अन्तिम ओभरमा जिताएका नसिम शाह ५ बलमा २ चौकासहित १० रनमा अविजित रहे । यो खेलमा अन्तिम ओभर रोमाञ्चक भयो । अन्तिम ओभरको पहिलो बलमा फजलहक फारुकीले शादब खानलाई नन स्ट्राइकरमा रनआउट समेत गरेका थिए । शादब खानले ४८ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)