मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा खाद्य सामग्री लिन गएका प्यालेस्टाइनीमाथि फेरि गोली प्रहार, ३२ जनाको मृत्यु

ratopati.com · Sat Jul 19 18:18:00 GMT 2025

जेरुसेलम। गाजामा खाद्य सामग्री लिन गएका प्यालेस्टाइनीहरूको समूहमाथि इजरायली सैनिकले शनिबार फेरि गोली चलाएको छ । यस घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार इजरायली सेनाले भने सन्दिग्ध व्यक्तिहरूलाई देखेपछि उनीहरूलाई रोक्नका लागि हावामा गोली चलाएको बताएको छ। तर, घाइतेहरूका अनुसार सेनाले चेतावनी स्वरूप नभई सीधै मानिसहरूमाथि गोली चलाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)