मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध गतिविधिमा संलग्न आरोपमा ठमेलबाट १५ बङ्गलादेशी नागरिक पक्राउ

nagariknews.nagariknetwork.com · Tue Jun 02 01:16:31 GMT 2026

नेपाल प्रहरीले ठमेल क्षेत्रमा बसेर अनलाइनमार्फत ‘ब्ल्याकमेलिङ’ र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलबाट २५ वर्षीय एमडी मजिदुल इस्लाम रिदोयसहित १६ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

पक्राउ परेका उनीहरू ठमेलको पकनाजोलस्थित ‘होटल एस’को चौँथो, पाँचौँ र छैटौँ तल्लाका कोठा भाडामा लिएर आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरूले विदेशी मोडल तथा युवतीका नाममा फेसबुकमा नक्कली खाता बनाएर बङ्गलादेशी र भारतीय नागरिकलाई साथी बनाउने तथा कुराकानी गर्ने र ठगी गर्ने गरेको कार्यालयले जनाएको छ।

पक्राउ परेका उनीहरू भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत शङ्कास्पद रूपमा बसिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। पक्राउ परेका सबैलाई अध्यागमन ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय