मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङमा लागुऔषधसहित दुई जना पक्राउ

gorkhapatraonline.com · Tue Jun 02 01:21:23 GMT 2026

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–२ शिक्षा लाइन क्षेत्रमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुई युवामाथि जाँच गर्ने क्रममा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

जाँचका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–६ स्थायी घर भई हाल फुङलिङ–२ बस्दै आएका २१ वर्षीय बिकेश लिम्बुको साथबाट ट्रामाडोल ३७ क्याप्सुल र ‘क्लेरियो’ लेखिएको ३८ ट्याब्लेट बरामद गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका–९ निवासी २१ वर्षीय फुपु शेराप शेर्पाको कोठामा गरिएको खानतलासीका क्रममा ट्रामाडोल २० क्याप्सुल र ‘क्लेरियो’ लेखिएको २० ट्याब्लेट फेला परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय