मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गर्ने पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

nagariknews.nagariknetwork.com · Mon May 11 15:44:54 GMT 2026

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गरको आरोपमा कपिलवस्तुमा ४ जना पक्राउ परेका छन । जबरजस्तीकरणी मुद्दामा मिलापत्र गर्नेकार्यमा संलग्ता देखिए पछि यशोधरा गाउपालिका वडा नम्बर ५ का पुर्ववडाध्यक्ष, पीडित महिलाको आमा, पीडकको बुवा र लेखनदासलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

घटनामा पूर्ववडाध्यक्ष नईम भन्ने लईस पठान पीडित महिलाकी आमा, पीडकका बुवा माहोम्म्द सफिक पठान, लेखनदास रामबृक्ष कोहार पक्राउ परेको सिंहले बताए । यशोधरा गाउपालिका वडा नम्बर ५ का २६ वर्षीय ईलियास पठानले आफनै घरमा एक महिलालाई गत बैशाख २१ गते जबरजस्तीकरणी सम्बन्धमा दर्ता भएको मुद्दामा मिलापत्र गरेको अरोपमा उनीहरुलाई प्रहरीले पक्रेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)