अब्बासलाई महासभामा सहभागी हुन अमेरिकी भिसा अस्वीकार
barnanmedia.com · Thu Sep 17 20:15:00 GMT 2026

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ । प्यालेस्टिनी मुक्ति सङ्गठन (पिएलओ) का सदस्य र प्यालेस्टिनी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयले पिएलओ र प्यालेस्टिनी प्राधिकरणले अमेरिकाप्रतिको प्रतिबद्धता तथा शान्ति प्रक्रियाको सम्भावना कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतमार्फत वार्ताको सट्टा कानूनी प्रक्रिया अघि बढाउने, एकपक्षीय रूपमा प्यालेस्टिनी राज्यको मान्यता खोज्ने तथा आतङ्कवादको महिमामण्डन गर्ने गरेको पनि आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)